प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
adminbackup
१८ पुष २०७९, सोमबार १४:४३
१८ पुस, रौतहट । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते (मंगलबार) विश्वासको मत लिने भएका छन् ।
पुस २० गते सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेपछि २६ गते बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।






