क्वारेन्टिनबाट घर गएकी महिलाको एक सातापछि मृत्यु

   २० असार २०७७, शनिबार ०८:४७  

असार २०, रौतहट । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्सिया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ मेयर साउदले भने ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ, र रिर्पोट आएपछि मात्रै शव व्यवस्थापन गर्ने गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताएका हुन् ।