सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

   २८ कार्तिक २०७७, शुक्रबार १४:३४  

२८ कार्तिक, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ, भने चाँदीको भाउ स्थिर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर तोलामा ९५ हजार २०० रूपैयाँ पुगेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि तोलाको ५०० रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तर,चाँदीको मूल्य बुधबारदेखि नै स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।