दुई कम्पनीको ३८ लाख बोनस शेयर
२८ कार्तिक, रौतहट । नेपाल स्टक एक्सचेञ्ज मा यो साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ५८ हजार कित्ता बोनस शेयर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको . ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लुम्बिनी जनरको २०७७ असार २४ गते सम्पन्न १५ औं वार्षिक वार्षिक साधारण सभाबाट ८.१२५ प्रतिशतबोनस शेयर पारित भएको थियो भने निर्धन उत्थानको २०७६ पुस १३ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस अनुमोदन भएको थियो ।
उक्त बोनस साधारण सभाका लागि बुकक्लोज भएको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र पाउने हुनाले लुम्बिनी जनरलको २०७७ असार ७ गते र निर्धन उत्थानको २०७६ मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।