सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २७ कार्तिक २०७७, बिहीबार १६:०४  

२७ कार्तिक, रौतहट । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ ।

बुधबार र बिहीबार चाँदी तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ ।