तोलामा कति घट्यो सुनको मूल्य
द नेपाल मिडिया
२५ कार्तिक २०७७, मंगलवार ११:५२
२५ कार्तिक, रौतहट । नेपाली बजार आज सुनको भाउ ह्यात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा ३ हजार ४ सय रुपैयाँ घटेको हो ।
हिजो प्रतितोला ९ड हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको कारोबार आज प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, सोमबार १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदस्को मूल्य मंगलबार तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।