सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   २१ कार्तिक २०७७, शुक्रबार १६:००  

२१ कार्तिक, रौतहट । नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला रु १ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला सुन ९७ हजार २ सयमा र तेजावी सुन ९६ हजार ७ सयमा कारोकार भएको हो । यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोकार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार २ सय ५५ मा कारोबार भएको महासंघले जानए ।