प्रधानमन्त्री ओली र प्रचण्डबीच तीनघण्टा छलफल, बाँकी छलफल भोलि‘
असार १९, रौतहट । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले जनबएको छ ।
छलफलमा सहभागी एक नेताले भने, दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भयो, प्रधानमन्त्रीज्यूले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गरौं न त भन्नुभएको छ ।’ नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ, । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो, कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।