सुनको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
२० कार्तिक २०७७, बिहीबार १२:०५
२० कार्तिक, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
सुनचाँदी व्यवसायी महासंघले दिएका जानकारी अनुसार कार्तिक १९ गते प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारको लागि ९६ हजार २०० सय रुपैयाँ तोकिएको हो ।
यस्तै, तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार २ सय १० रुपैयाँमा भइहरेको छ ।