कुखुराको मासुको मूल्य बढ्न थाल्यो

   २० कार्तिक २०७७, बिहीबार ११:२१  

२० कार्तिक, रौतहट । बजारमा कुखुराको अभाव भएपछि कुखुराको मासुको मुल्य बढन थनलेको छ ।

दशैँअघि प्रतिकिलो १ सय ९० देखि २ सयसम्म रहेको कुखुराको मासुको मुल्य अहिले प्रतिकिलो २ सय ७० रुपैयाँ पुगेको हो ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्कीले दिएका जानकारी अनुसार अब जाडो मौसम सुरू हुन थाल्यो । जाडोमा चल्ला बचाउन सकिँदैन। चल्लाको उत्पादन कम भएपछि कुखुराको अभाव हुन्छ । त्यसपछि मूल्य बढ्न थालेको उनको भनाई रहेको छ ।

उनका अनुसार दशैंको छैटौं दिन कुखुराको मूल्य २ सय ५५ थियो । त्यसपछि बढ्दै गएर २ सय ७० सम्म पुगेको छ ।