सोमबार सुनको मूल्य स्थीर, चाँदीको मूल्यमा सामान्य वृद्धि
द नेपाल मिडिया
१७ कार्तिक २०७७, सोमबार ११:३०
१७ कार्तिक, रौतहट । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थीर रहेको छ, भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकोे लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको छ, भने तेजावी सुन तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारको लागि १ हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।