२१ कम्पनीको शेयर मूल्य बढ्यो
द नेपाल मिडिया
१६ कार्तिक २०७७, आईतवार १३:००
१६ कार्तिक, रौतहट । आइतबार शेयर बजारको प्रिओपनिङ सेसनमा अधिकांस कम्पनीको शेयरमूल्य बढेको छ ।
१५ मिनेटको कारोबार अवधिमा २६ कम्पनीका १६ हजार ११८ कित्ता शेयरहरु ४३ लाख ५६ हजार ११४ रुपैंयामा किनबेच भएको छन् । यस क्रममा बजार परिसुचक नेप्से ८.४८ अंकले बढेर १६५४।.६ अंकमा उक्लिएको छ ।
कारोबारमा आएका ३६ मध्ये २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ, २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।