जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् उपचाररत
१७ पुस, झापा । हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट स्थानीय कृष्णमाया भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेतिर हात्तीले घर भत्काउन थालेपछि उनी घरबाहिर निस्केकी थिइन् । घरबाट बाहिर निस्केकी उनीमाथि हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो ।
आक्रमणमा परेकी उनलाई अस्पताल ल्याएपनि उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, हात्तीको आक्रमणबाट मृतकका श्रीमान् शान्तिराम भण्डारी पनि गम्भीर घाइते भएका हुन् ।






