हाइस दुर्घटना हुँदा १ वृद्धाको मृत्यु, १८ जना उपचाररत
१६ पुस, कैलाली । हाइस दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ, भने १८ जना घाइते भएका हुन् ।
जिल्लाको गौरीगंगा नगरपालिका ६ वनवेहडामा हाइस दुर्घटना हुँदा लम्किचुहा नगरपालीका वडा नम्बर १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनाग्रस्त भएको हो ।
यस्तै, दुर्घटनामा परेर घाइते भएकाहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटना बारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






