जुम्लामा सेनाका कर्णेल मृत फेला

   ११ पुष २०७९, सोमबार १२:५६  

जुम्ला । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी माधव श्रेष्ठले जानकारी दिए ।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको एसएसपी श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।