रौतहटमा शितलहर शुरु
पौष ९, रौतहट । पौषको पहिलो हप्ता देखि शुरु भएको शितलहरले रौतहटमा जनजीवन प्रभावित भएको छ ।
रौतहटको दक्षिणी भेगमा चिसोको असर बढी देखिएको छ । बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि सदरमुकाम गौर सहित अन्य पालिकाहरुमा पनि चिसो बढेको छ । कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ भने रौतहटका स्थानियको जनजीवन प्रभावित हुन थालेको छ ।

विगत तिन दिन देखी कुहिरो र शित संगै चल्ने चिसो पश्चीमी हावाका कारण स्थानियको दैनिकि पनि सुस्त हुदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थीति दिउसो तिर मात्रै हुन थालेको छ । सधैजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन । साझ पख पनि चिसो झनै बढने गरे बजारहरु समसाझै सुनसान हुन थालेका छन ।

सार्वजनिक स्थल र बटुवाहरुका लागी गौर नगरपालिकाले आजबाट ठाँउ ठाँउमा आगो बाल्न दाउरा वितरण गरेको छ । नगरपालिले गौरका मुख्य चोकहरु तथा मानिसहरु जम्मा हुने स्थानमा दाउरा बालेर बटुवा तथा यात्रीहरुलाई तातोको व्यवस्था गरेका हो । गौर नगरपालिकाका मेयर शम्भू साहले शितलहरका बेला बाटोमा हिडने यात्री तथा पसल व्यवसाय गरेकाहरुलाई जाडो छल्नका लागी गौरका चोकहरुमा दाउरा वितरण गरेको बताए ।






