‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ मंसिर ६ गतेसम्म
द नेपाल मिडिया
१३ कार्तिक २०७७, बिहीबार १२:३२
१३ कात्तिक, रौतहट । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।
मंसिर ६ गतेसम्म जारी रहने उक्त योजनामा सहभागि हुन टिकटकमा रहेको एनसीएचएलको ‘ओरिजिनल साउण्ड ट्र्याक’मा गएर भिडियो बनाउनु पर्ने छ। टिकटक भिडियो ह्यासट्याग भनेर रिलि गर्नुपर्ने छ । पुरस्कार एनसीएचएलको आधिकारीक पेजहरुबाट सार्वजनिक हुनेछ ।
एनसीएचएलले उत्कृष्ट टिकटकमध्ये एक जनाले पाउनेछ एलजीको ४३ इन्चको टीभी र अन्य १० जनाले एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराउने छ । मंसिर ३० गतेसम्म प्राप्त उपहार लिइसक्नुपर्नेछ ।