सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर
३ कार्तिक, रौतहट । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइको छ ।
नेपाल सुनचाँदी व्यवसाय्री महासंघका अनुसार हिजा (आइतबार) प्रतितोलामा ९४ हजार ९ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको भाउ आज २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ तोकिएको हो ।
त्यस्तै, तेजावी सुनको लागि आज प्रतितोला ९४ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको भाउ स्थिर नै रहेको महासंघले जनाए ।
आइतबार तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।






