सुनको मूल्यमा कति वृद्धि, चाँदीको स्थिर

   २ कार्तिक २०७७, आईतवार १३:१४  

२ कार्तिक, रौतहट । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

त्यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।