आइतबारदेखि तिनाउ मिसनको शेयर कारोबार रोक्का

   २ कार्तिक २०७७, आईतवार १२:५४  

२ कार्तिक, रौतहट । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL)को शेयर कारोबार रोक्का भएको छ ।

बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक १ गते शनिबार प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल कात्तिक २ गते आइतबारदेखि नेप्सेमा तिनाउको शेयर कारोबार रोक्का गरेको हो ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १००ः९६ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने प्रारम्भिक सम्झौतापत्रमा दुबै बैंकले हस्ताक्षर गरेका छन् । दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनपछि स्वापको अन्तिम निर्णय हुने जनाइएको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर असोज २९ गते बिहीबार अन्तिम पटक १९७ रुपैयाँमा कारोबार भएको छ