स्रोत नखुलेको १० लाख सहित गुप्ता पक्राउ ।

   १८ असार २०७७, बिहीबार ०२:२२  

१८ असार । स्रोत नखुलेको रकम सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साझ गौर २ महादेवपट्टि बाट १० लाख रुपैयाँ सहित गौर २ का २३ वर्षीय अविनाश गुप्तालाइ प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले महादेवपट्टी स्थित सडकमा चेकजाँच गर्ने क्रममा महादेवपट्टी तर्फबाट गौर तर्फ आउदैं गरेको बिआर०क्यु २५३३ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको बाँया तर्फको लेगगार्डमा झुण्डयाएको नाईलनको झोला खोली हेर्दा सो झोला भित्र स्रोत नखुलेको विभिन्न दरको नेपाली रकम दश लाख एक हजार फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रि रहेको छ । लकडाउनका कारण भारतिय व्यापारीहरु संग रहेको करोडौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरु बाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारी संग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाका बाट लाखौं रुपैयाँ नेपाल भित्रिने गरेको छ ।

प्रहरीले यस अघि पनि सिमाक्षेत्रबाट १८ लाख भन्दा बढी रकम बरामद गरेको छ ।