शिवम् सिमेन्टसको लाभांश घोषणा

   २९ आश्विन २०७७, बिहीबार १२:५२  

२९ असोज, रौतहट । शिवम् सिमेन्टस् लिमिटेड(SHIVM) ले गत आर्थिक वर्ष २०७६र७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २८ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कूल २४।२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।