सुनचाँदीको मूल्य आज कति
द नेपाल मिडिया
२६ आश्विन २०७७, सोमबार १३:०७
२६ असोज, रौतहट । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ, भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते (आइतबार) प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
तर, सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १ हजार २ सय ४५ पुगेको महासंघले जनाएको छ ।