कति घट्यो सुनको मूल्य, चाँदीको स्थीर
द नेपाल मिडिया
१९ आश्विन २०७७, सोमबार १३:०१
१९ असोज, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सोमबर सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी माहसंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, सोमबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएका छन् ।






