कर्णाली प्रदेशमा थपिए १६ कोरोना संक्रमित, ७९ जना डिस्चार्ज

   १६ असार २०७७, मंगलवार १०:१४  

असार १६, रौतहट । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित पुष्टि भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट मंगलबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा जुम्लामा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
यस्तै, डोलप्पा र कालीकोटका दुई दुईजनामा नेपालगञ्जमा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १४४३ पुगेको छ ।
कर्णालीबाट पछिल्लो २४ घण्टामा ८ जना महिलासहित ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०७२ पुगेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।