वामदेव गौतम विरुद्धको रिटमा आज सुनवाई हुँदै

   ७ आश्विन २०७७, बुधबार ११:३०  

 

७ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा आज सुनवाई हुने भएको छ।

उक्त रिट सर्वोच्च अदालतका न्यायधीश डाक्टर आनन्द मोहन भट्टराईको इजलासमा पेशी चढेको छ। गौतमको मनोनयनविरुद्ध अदालतमा दुई  फरक फरक रिट परेका थिए। अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सोमवार सर्वोच्व अदालतमा रिट दायर गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको थियो। वामदेवलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीवार राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। गौतमले बिहीवार नै राष्ट्रिय सभा सदस्यको रुपमा शपथ लिइसकेका छन्।