सुनको मूल्य प्रतितोलामा १७ सय रुपैयाँले घट्यो

   ६ आश्विन २०७७, मंगलवार १२:२६  

६ असोज, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोलामा १७ सय रुपैयाँले घटेको छ ।

९७ हजार २ सय रुपैयाँमा सोमबार कारोबार भएको सुनको भाउ आज ९५ हजार ५ सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएका जानकारी अनुसार मंगलबारका लागि छापावाल सुनको कारोबारमा १७ सय कम भएको छ

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।