रौतहटमा १७ संक्रमित थपिए, कुल संख्या ११८९ ।

   १५ असार २०७७, सोमबार ११:३७  

असार १५, रौतहट । रौतहट जिल्लामा बितेको २४ घण्टामा १७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

हाल सम्म रौतहटका १० हजार ९ सय ९५ जनाको स्वाब परीक्षण गर्दा १ हजार १ सय ८९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वाब संकलन गरिएका मध्ये ७ सय ७८ जनाको रिपोर्ट आउन बाकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटका विभिन्न आइसोलेसनमा हाल ४०९ जना उपचारका क्रममा रहेका छ्न । संक्रमीत भएका मध्ये ७ सय ८० जना निको भएर घर फर्किएका छ्न ।