सुर्खेतमा विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

   १५ असार २०७७, सोमबार ०६:४८  

असार १५, रौतहट। सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ ।
सुर्खेत स्थित खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका ६ भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।
आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएका हुन् ।
खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमती हुन् । उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।
घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको बाबियाचौर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले बताए ।