आरटिजिएसमा शुक्रबार पनि २ बजेसम्म अन्तर बैंक भुक्तानी हुने
द नेपाल मिडिया
२७ भाद्र २०७७, शनिबार १२:०९
२७ भदौ, रौतहट । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटिजिएस) मार्फत शुक्रबार हुने कारोबार समयमा समेत २ बजेसम्म कायम गरेको छ ।
राष्ट्र बैंकले भदौ २६ गत शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म साताका सबै कारोबार दिनहरुमा आरटिजिएस प्रणालीमा संक्षिप्त बिजनेस डे (शुक्रबार) मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट लाइ दिउसो २ बजेसम्म कायम गरेको राष्ट्र बैंकले जनाएको हो ।
केन्द्रीय बैंकले यो प्रणालीमा सहभागी संस्थाहरुले कारोबार गर्न सक्ने व्यवस्था मिलाएको हुनाले सम्बन्धित सबैमा जानकारी गराएको छ ।