कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
असार १५, रौतहट । विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।
अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ, भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । त्यस्तै बेलायतमा पनि ४३ हजार ३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ ।भने फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।
अहिलेसम्म यो माहामारीको कारण विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड एक लाख १७ हजार ७०० सय पुगेको छ । त्यस्तै कोरोना भाईरसको माहामारीबाट अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना कोरोना संक्रमित निको भइसकेका छन् ।