आज सुनको मूल्य कति बढ्योे

   २४ भाद्र २०७७, बुधबार ११:३२  

२४ भदौ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी बढ्न थालेको छ । बुधबार सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको छ, भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम तथा तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्यमा भने ५ रुपैयाँ बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।