नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचीकृत

   २३ भाद्र २०७७, मंगलवार १२:२८  

२३ भदौ, रौतहट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सपोर्ट लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत भएको हो ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० हजार कित्ता तथा सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सर्पोटले १० प्रतिशत तथा सिभिलले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।