सुनको मूल्य तोलामै १२ सय रुपैयाँले घट्यो
द नेपाल मिडिया
१७ भाद्र २०७७, बुधबार १२:०९
१७ भदौ, रौतहट । नेपाली बजारमा पछिल्लो केही दिन यता लगातार बढेको सुनको मूल्यमा बुधबार समान्य गिरावट हाएको छ ।
अघिललो दिनको तुलनामा आज सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय तोकिएको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।






