तोलामा कति पुग्यो सुनचाँदीको मूल्य

   १५ भाद्र २०७७, सोमबार १४:१५  

१५ भदौ, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्य ९७ हजार २०० रुपैयााँ रहेको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि समान्य वृद्धि भएको छ । आइतबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।