कास्कीमा थप एक जनाको कोरोनाबाट मृत्यु

   १३ भाद्र २०७७, शनिबार १३:३९  

१३ भदौ, रौतहट। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।