नेपालमा थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जना कोरोना संक्रमितको मृत्यु

   १२ भाद्र २०७७, शुक्रबार १७:३८  

१२ भदौ, रौतहट । बितेको २४ घण्टामा देशभर थप ९ सय २७ जना कोरोना संक्रमित थपिएका छन । संक्रमित हुनेहरुमध्ये ३ सय ३४ महिला र ५ सय ९३ जना पुरुष रहेका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानेकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण भएकोमध्ये ९ सय २७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यासंगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए ।

यस्तै शुक्रबार काठमाडौंमा ३ सय ५० जनामा, ललितपुरमा ११ जनामा, र भक्तपुरमा ५४ गरी ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बितेको २४ घण्टामा १ सय ६९ जनाले कोरोना जितेर घर र्फकिएका हुन् । यससँगै निको हुनेको कुल संख्या २० हजार २ सय ४२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।