रौतहटका ८० वर्षीय वृद्धको अस्पतालमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

   ११ भाद्र २०७७, बिहीबार ११:४८  

११ भदौ, रौतहट । रौतहटका विरामीको वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मुडवलवाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको थियो । कोरोनाको शंका लागेपछि तराईले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएकोमा त्यहीँ उनको मृत्यु भएको थियो ।

तर उनका पीसीआर परीक्षण रिपोर्ट आउन अहिले बाँकी नै रहेको छ ।