चितवनको भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ
द नेपाल मिडिया
१० भाद्र २०७७, बुधबार १३:११
१० भदौ, रौतहट । भरतपुर अस्पतालबाट भागे एक कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका छन् ।
चितवनको भरतपुर अस्पतालबाट भागेका १९ वर्षीय कोरोना संक्रमितलाई बुधबार बिहान नुवाकोट बेलकोटगढी ५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिएका हुन् ।
चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।