सिन्धुपाल्चोक जाँदै सभामुख र भूगर्भविदसहितको टोली

   १० भाद्र २०७७, बुधबार १०:४७  

१० भदौ, रौतहट । सिन्धुपाल्चोकको बाढी प्रहिरोबाट प्रभावित क्षेत्रको अवलोकन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटा र भूगर्भविद जादैँ छ ।

टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय पुननिर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत छन । यो टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गर्ने र स्थानान्तरणको पहल गर्ने बताइएको छ ।

आज यो टोली सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्ने बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट बिस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ । तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन ।