नेपालमा थप ८ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ

   ९ भाद्र २०७७, मंगलवार १७:३०  

भदौ ९, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्व गौतमले दिएका जानकारी अनुसार ११ हजार ३ सय २७ जनाको स्वाब परीक्षण गर्दा ८ सय ५५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमण जितेर थप ३ सय १३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा पनि थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँ जिल्लामा १ सय ९९, भक्तपुरमा १४ र ललितपसरमा १९ संक्रमित थपिएका छन् ।