पर्सामा थप ३२ जनामा कोरोना पुष्टि
भदौ ९, रौतहट । पर्सामा थप ३२ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । यासंगै पर्सामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ हजार ९ सय ७८ पुगेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र कालिकामाई गाउँपालिकामा थप ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
विभिन्न स्थानबाट संकलित स्वाबको नमूनाहरुलाई पिसिआर प्रविधिबाट नारायणी अस्पतालको ल्याबमा जाँच गर्दा मंगलबार दिउँसो १ बजे सम्म ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो अद्यावाधिक विवरण अनुसार वीरगञ्जमा १४ जना, कालिकामाईमा १२ जना र जगरनाथपूरमा ६ जना गरी थप ३२ जनामा कोरोनाभाइरस अर्थात (कोभिड १९) सङ्क्रमण देखिएको हो । थपिएका सङ्क्रमितमध्ये १० जना महिला रहेका छन ।
यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।






