काठमाडौंमा थप एक जनाको कोरोनाका कारण मृत्यु

   ९ भाद्र २०७७, मंगलवार १४:४२  

भदौ ९, रौतहट । काठमाडौँमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।

हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ कोरोना संक्रमित रहेका छन । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन ।