काठमाडौंका काँग्रेस नेताको कोरोना संक्रमणका कारण मृत्यु

   ९ भाद्र २०७७, मंगलवार १२:०६  

भदौ ९, रौतहट । काठमाडौँका काँग्रेस नेता गोविन्द रञ्जितका कोरोना भाईरसका संक्रमणका कारण मृत्यु भएको छ ।

रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति हुन । काँग्रेस काठमाडौं २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन ।

कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको मृत्यु भएको हो । उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई १३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतवारमात्र अस्पताल भर्ना भएका थिए । निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।