सञ्चारकर्मीहरु पनि धमाधम संक्रमित हुन थाले

   ८ भाद्र २०७७, सोमबार १३:५५  

भदौ ८, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण काठमाडौं उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा हुने क्रम बढेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको माहामारी पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीहरु पनि धमाधम संक्रमित हुन थालेका हुन । महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

साथै, नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ।
महासंघका महासचिव रमेश विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन ।

साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासंघले विज्ञप्तिमार्फत आम सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।