चितवनमा थपिए २० जना कोरोना संक्रमित
भदौ ८, रौतहट । चितवनमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
उनीहरुको आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो ।
२० जना संक्रमितमध्ये १४ जना चितवनका हुन् । नवलपुरका ४ जना र मकवानपुर, गोरखा र बाराका एक र एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन ।
यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।