रौतहटमा कोरोनाका ११ संक्रमित थपिए
रौतहट ७ भदौं । रौतहटमा कोविड १९ (कोरोना) का ११ संक्रमित थपिएका छन । रौतहटको राजदेवी र बौधिमाई नगरपालिकाका व्यक्तिमा आज संक्रमण पुष्टी भएको हो ।
रौतहटको राजदेवि नगरपालिका ४ का ६ जना र बौधिमाई नगरपालिकाका ५ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । आज संक्रमण पुष्टी भएका सबै संक्रमित स्थानिय समुदाका व्यक्तिहरु रहेको जनस्वास्थ्य कार्यालयका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
आज थपिएकाहरु सँगै रौतहटमा संक्रमितको सँख्या १ सय ६० पुगेको छ । रौतहटमा स्वाब संकलन गरिएका मध्ये ९ सय ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
निषेधाज्ञा एक साता थप
कोरोना भाइरस (कोविड १९) को संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागी लम्बाएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखी १५ गते सम्म एक साता थपेको छ ।
केही सहुलियत सहित जारी गरिएको लकडाउनमा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखी ११ बजे सम्म संचालनको छुट दिएको छ । नेपाल सरकारद्धारा जारी भएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निषेधाज्ञाको उल्लंघन गर्नेलाई ऐन बमोजिम कारवाही हुने समेत उनले बताए ।






