बारामा निषेधाज्ञामा पनि तस्करी, ४० बोरा अवैध रासायनिक मल बरामद

   ७ भाद्र २०७७, आईतवार १३:०९  

भदौ ७, रौतहट । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल बारामा स्थानीय प्रशासनले बरामद गरेको छ ।

आज बिहान बाराको सिम्रौनगढ गाउपालिकाको अनतर्गतका ४ वटा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाएका छन् ।

कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी गरिएको समयमा पनि खुल्ला सीमानाको फइदा उठाउँदै तस्करी जारी रहेको र मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि, प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा गएको थियो ।

तस्करीमा बरामद गरिएका मल वीरगञ्ज भन्सार कार्यालयमा बुझउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका हुन् ।