रौतहटको बाग्मती नदीमा तिन बालिका बेपता
रौतहट, ७ भदौं । रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा तिन बालिका डुबेर बेपता भएका छन ।
गढीमाई नगरपालिका ६ धर्मपुरका तिन जना बालिकाहरु नदिको पानीमा नुहाउन गएका थिए । सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिकाहरु डुब्दै गरेको देखे पछि स्थानियलाई खबर गरेकी थिइन । नदीमा गढिमाई ७ की १० वर्षिया पिंकु कुमारी मुखिया, १२ वर्षिया सुजिता कुमारी दास र १० वर्षिया चन्चल कुमारी मुखिया बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले बताए ।
डुबेका बालिकाहरुको खोजीका लागी स्थानिय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटेका छन ।
फोटो ः दिनेश संगम