चितवनमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि
भदौ ७, रौतहट । चितवनमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचारका क्रममा मृत्यु भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो, स्वाब परीक्षणमा मृतक दुई जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेके कोभिड इन्फो चितवनले जनाएको छ ।
हेटौडा ३ निवासी ६५ वर्षीय महिला र हेटौडा ४ निवासी ५६ वर्षीय पुरुषका उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनीहरु अस्पतालमा उपचारका लागि साउन ३२ गते भर्ना भएकी ६५ वर्षीय महिलाको शनिवार साँझ मृत्यु भएको थियो, त्यस्तै आइसीयुमा उपचार गराइरहेका ५६ वर्षीय पुरुषको बिहीवार मृत्यु भएको थियो ।